दक्षिण अस्ट्रेलियाको भिक्टर हार्बरमा बाढीपीडितको सम्झनामा दीप प्रज्वलन कार्यक्रम:

shikharmedia.com

भिक्टर हार्बर, दक्षिण अस्ट्रेलिया, ११ सेप्टेम्बर २०२६।

नेपालमा भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरू तथा प्रभावित परिवारहरूको सम्झनामा दक्षिण अस्ट्रेलियाको भिक्टर हार्बरमा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ। गत सेप्टेम्बर ११, २०२६ मा आयोजित उक्त कार्यक्रममा करिब ९० जनाको सहभागिता रहेको थियो।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लाहरू गम्भीर रूपमा प्रभावित भएका थिए। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा विपत्तिमा परेका परिवारहरूप्रति ऐक्यबद्धता व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सञ्चालन संगीता भुसालले गर्नुभएको थियो भने कार्यक्रम संयोजकको जिम्मेवारी सञ्जीव अधिकारीले निर्वाह गर्नुभएको थियो। कार्यक्रममा सिटी अफ भिक्टर हार्बरका महिला मेयर मोइरा जेनकिन्स तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण अस्ट्रेलियाका राज्य संयोजक थिर गुरुङ अतिथि वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागीहरूले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा मैनबत्ती प्रज्वलन गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, बाढीबाट प्रभावित परिवारहरूप्रति सहानुभूति प्रकट गर्दै नेपालका विपद् प्रभावित समुदायसँग ऐक्यबद्धता व्यक्त गरेका थिए।

उक्त श्रद्धाञ्जली सभाले प्राकृतिक विपत्तिका कारण उत्पन्न मानवीय पीडाप्रति समुदायको संवेदनशीलता र सहकार्यको महत्त्वलाई उजागर गरेको थियो। मैनबत्ती प्रज्वलनमार्फत सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार तथा विपद् प्रभावित नेपाली समुदायप्रति आशा, एकता र सहयोगको सन्देश दिएका थिए। उक्त दीप प्रज्लवन कार्यक्रम  भिक्टर हार्बर निवासी सञजीव अधिकारीको सक्रियतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया